कोस्टाको गोलमा एट्लेटिको बराबरी



एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड र एथ्लेटिक बिल्बाओको खेल बराबरीमा सकिएको छ ।

बिल्बाओको मैदानमा भएको खेलमा एट्लेटिको र बिल्बाओसँग १-१ गोलको बराबरीमा सकिएको हो ।

एक गोलले पछि परेको स्थगित उल्टाएर एट्लेटिकोले बराबरी खेलेको हो । खेलको ३७ औं मिनेटमा इकर मुनियनले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ३९ औं मिनेटमा डिएगो कोस्टाले गोल गर्दै एट्लेटिकोलाई हारबाट जोगाए ।

बिल्बाओसँगको बराबरीसँगै एट्लेटिकोले २८ खेलमा ४६ अंक जोडेको छ । एट्लेटिको लिगको छैटौं स्थानमा रहेको छ । ३८ अंक जोडेको बिल्बाओ लिगको दशौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्