म्याग्दीको देवीस्थानमा भारी हिमपात : पठनपाठन बन्द (फोटो फिचर)



म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा भएको भारी हिमपातले स्थानीय विद्यालयको पठनपाठन प्रभावित बनेको छ । अविरल वर्षासँगै परेको हिमपातका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको भीम मावि देवीस्थानका शिक्षक यामनाथ पौडेलले जानकारी दिए ।

अत्याधिक चिसो बढेपछि घरबाट बाहिर निस्कन सक्ने अवस्था नरहेको स्थानीयले बताए । देवीस्थानसँगै जिल्लाको माथिल्लो भेगमा भारी हिमपात भएपछि विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।

म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरी तेस्रोपटक हिमपात भएको छ । माथिल्लो हिमाली बस्तीमा भने यो सिजनको पाँचौ हिमपात हो । हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्