थलीमा अघि बढेन सडक मर्मतको काम


काठमाडाै‌ : चाबहिल–साँखु सडकखण्ड अन्र्तगत थलीमा अहिलेसम्म सडक मर्मतको काम अगाडि बढ्न सकेको छैन । स्थानीयवासीले तीन वर्षअघि घरको मुआब्जा लिई पटक पटकको सूचना र ताकेतापछि पनि घर भत्काउन अटेर गरेपछि थलीमा सडकको अवस्था दयनीय बन्दै गएको हो । आर्थिक वर्ष २०७३÷७४ र २०७४÷७५ मा दुईपटक गरी मुआब्जा लिई अहिलेसम्म घर नभत्काएका कारण सडक निर्माणमा बाधा पुगेको हो ।

गत चैत महिनामा काठमाडौँ उपत्यका विकास प्राधिकरण, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र सडक विभागको संयुक्त टोलीले मुआब्जा लिएर घर भत्काउन अटेर गर्ने स्थानीयवासीको घरमा डोजर चलाएर भत्काएको थियो । घर–घरमा गएर पूर्व सूचना दिँदा पनि घर भत्काउन अटेर गरेपछि चैतमा मुआब्जा लिने स्थानीयवासीको घरमा डोजर चलाएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जानकारी दिएको थियो ।

प्राधिकरणले सडक क्षेत्रका घर भत्काई विस्तार गर्नुपर्ने सडक ‘एलाइन्मेन्ट’ पूर्णरूपमा खाली गराइसकेपछि सो क्षेत्रमा विस्तार तथा कालोपत्रको काम शुरु गरिने बताएको छ । स्थानीयवासीको अवरोधकै कारण सडक नबन्दा सडक खाल्डाखुल्डी र हिलाम्मे हुने गरेको स्थानीयवासी उद्धव चौलागाईंले बताए । चौलागाईं भन्छन “सजिलै सडक वारपार गर्न सक्ने अवस्था छैन । बीच सडकका खाल्डो भएकाले कतिपए सवारीसाधन खाल्डोमै परेर रोकिने गरेका छन् । साइकल र पैदलयात्रीको लागि भने निकै ठूलो सास्ती खेप्नु परेको छ ।”

थलीको सडकमा मोटरसाइकल चिप्लिएर पल्टिँने, मिनि ट्रक नालीमा खस्ने र साना चारपाङ्ग्रे सवारीसाधनबीच सडकमै रोकिने यहँको दिनाचार्य जस्तै बनेको छ । स्थानीयवासी पावल बज्रचार्य सडकको मर्मत कार्यका लागि धेरै पटक आन्दोलनमा उत्रिएको कुरा सुनाउँदै मुआब्जा लिएर घर नभत्काउन केही व्यक्तिका कारणले थलीका नागरिकले धेरै समस्या खेप्नु परेको गुनासो व्यक्त गर्छन । विसं २०७२ मा दुई वर्षभित्र चावहिल–साँखु सडकखण्ड विस्तारको कामसक्ने गरी सडक निर्माण शुरु गरिएको थियो ।

म्याद सकिए पनि पटक–पटक म्याद थप गर्दै ठेकेदार कम्पनीलाई सडक विस्तारको जिम्मा लगाएको भए पनि कामले गति लिन सकेको छैन । सरकारले चावहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । कुल लम्बाई १२ दशमलब ५०० किलोमिटर रहेको उक्त सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तार गरिरहेका थिए ।

ठेक्का दिएको मितिदेखि आर्थिक वर्ष २०७४÷०७५ मा आयोजना सम्पन्न गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले सर्वोच्च अदालतको अन्तरिम आदेश, मुआब्जा प्रक्रिया, विद्युतीय र टेलिफोनको पोल र तार नपन्छाउनु, खानेपानी तथा ढल लिकेज भई सडक सतहमा पानी बग्ने जस्ता कारण देखाई समयमै निर्माण गर्न नसकिएको भन्दै पन्छिने गरेका छन् । बौद्ध, पिपलबोट, जोरपाटी, इन्द्रेणीका केही ठाउँमा कालोपत्र गरेको भए पनि दक्षिणढोका, थली, डाँछी, खुलालटारलगायतका क्षेत्रमा सडक निर्माण तथा कालोपत्र हुन नसक्दा यस सडकखण्डले हालसम्म पनि पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

महेन्द्रनगरः आज (शनिबार) विहान कञ्चनपुरको महाकाली अस्पतालमा नेपाली सेनाले शव व्यवस्थापनको डेमो प्रदर्शन गरेको छ

काठमाडौं : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको बधाई तथा शुभकामना

काठमाडौं : आज देशभरको मौसममा बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वीरगञ्ज : वीरगञ्जमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पताल अस्थायी

भजनीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीको बाढी प्रभाबित क्षेत्रको अनुगमन गरेका छन् । उनले

काठमाडौंः काठमाडौंको सुन्धाराबाट अबैध सुनचाँदी तथा २ थान चाईनिज पेस्तोल छाडी फरार रहेका अभियुक्त निलेश

काठमाडौंः राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन समितिले शुक्रबार पारित गरेको छ

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना

जनकपुरधाम : जनकपुरधामको रामजानकी हस्पिटलमा चिकित्सकको लापरवाहीका कारण एकजना सुत्केरी महिलाको ज्यान गएको एक हप्ता

सिन्धुपाल्चोक : जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरोमा परी मृत्यु भएका पाँच