प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड (पूर्णपाठसहित)



रूपन्देही : प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।

सोमबार आर्थिक ममिला तथा योजना मन्त्रालयसमेत सम्हाल्दै आएका मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको बजेट सार्वजनिक गरेका हुन् ।

चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख, पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड बजेट रहेको मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।

सरकारले ल्याएको बजेट कोरोना केन्द्रीत छ । सरकारले सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार विकासतर्फ सार्वजनिक गरेको छ । त्यसमा १५ अर्ब २ करोड रुपैयाँ बजेट छ । १६ सडक निर्माणलाई निरन्तर, सडक पुल निर्माणतर्फ १ अर्ब ४३ करोड, एक घर एक धारा निर्माणका लागि २ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, स्वास्थ्य क्षेत्रमा सबै जिल्ला अस्पताललाई स्तरोन्नती गर्ने गरी बजेट विनियोजन भएको छ । सामाजिक विकासका लागि ५ अर्ब ६७ करोड छ । कोभिड–१९ नियन्त्रण तथा भैपरी आउने खर्चका लागि १ अर्ब बजेट विनियोजन भएको छ ।

कोभिड–१९ का कारण बेरोजगार बनेका युवालाई रोजगार दिने एवं हुन सक्ने खाद्य संकट व्यवस्थापनका लागि उत्पादनमुखि कार्यक्रम विस्तार गर्न भुमि व्यवस्था कृषि तथा सहकारीतर्फ ४ अर्ब ८६ करोड ३५ लाख बजेट छ ।

बजेटको पूर्णपाठः

प्रतिक्रिया दिनुहोस्