कति छ आज सुनको मूल्य?



काठमाडौं : आज मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार प्रतितोला ८९ हजार ७ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार पनि सोहि मूल्यमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ८९ हजार २ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोलामा ९ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्