रुकुम पश्चिममा बस दुर्घटना, एकको मृत्यु दुई घाइते



रुकुम: रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ सल्लेमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । सल्लेबाट मुलखोला तर्फ आउँदै गरेको बा ३ ख ७४६१ नम्बरको बस दुर्घटना हुँदा सल्लेका ९ वर्षीय प्रयास बिसीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बिसीको उपचारको क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा सल्लेका ८ वर्षीय जेनिस बिसी र चालक रहेका छन् ।

 

जेनिसको अवस्था गम्भिर रहेको छ भने चालकको पहिचान हुन नसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । सल्लेमा रहेको बसपार्कबाट धुनका लागि मुलखोला जाँदै गरेको बस नियन्त्रण गुमाएर सडक भन्दा झण्डै डेड सय मिटर तल खसेको थियो । बसले सडकमा खेलिरहेका दुई बालक प्रयास र जेनिसलाई किचेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्