हिमपातका कारण उपत्यका आसपासमा यातायात अवरुद्ध 



काठमाडौं: हिमपातका कारण काठमाडौं उपत्यका आसपासमा यातायात अवरुद्ध भएको छ । १२ वर्षपछि हिमपात भएको भक्तपुरमा नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायत क्षेत्रमा जनजीवन प्रभावित भएको छ । काठमाडौँ र ललितपुरमा समेत हिमपात भएको छ ।

हिमपातका कारण नगरकोट, सुडाल, रानीकोट लगायत पर्यटकीय क्षेत्रमा यातायातसमेत सञ्चालन हुन सकेको छैन ।  हिमपातका कारण भक्तपुर हुँदै नगरकोटतर्फ जाने यातायात सेवा बिहानैदेखि अवरुद्ध भएको छ ।  

हिमपातपछि पर्यटकीय क्षेत्र नगरकोटलगायतका क्षेत्रमा आन्तरिक पर्यटक हिउँ खेल्न जाने क्रम भने बढेको छ । शहरी क्षेत्रमा लामो समयपछि हिउँ परेकाले स्थानीयबासी भने बिहानैदेखि हिउँमा रमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्