सभामुख महराको दसैं शुभकामना : सामाजिक विकृतिविरुद्ध विजय प्राप्तहोस्



काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले दसैंको शुभकामना दिएका छन् । उनले पर्वले सामाजिक विकृति एवम् विसंगतीविरुद्धको विजय गर्न सक्ने क्षमता सबैलाई प्रदान गरोस् भन्ने कामना गरेका छन्। 

शुभकामना मन्तव्यमा सभामुख महराले दसैं सामाजिक र सांस्कृतिक पहिचान अभिव्यक्त गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गरेका छन्। यो पर्वले सकारात्मक सोचसहित पारस्परिक सद्भाव, सहयोग र स्नेह बढ्ने विश्वास उनले व्यक्त गरेका छन्। 

 

‘हाम्रा चाडपर्वले धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई सम्मान गर्दै सामाजिक सद्भाव, एकता र साझा पहिचानसहित सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ’, महराले शुभकामना सन्देशमा भनेका छन्, ‘यस पर्वले विभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान रहेका सबै नेपालीका लगि समान अवसर प्राप्त हुने विश्वास व्यक्त गर्दै सामाजिक सद्भावसहित समृद्धिको कामना गर्दछु ।’

 

उनले दसैंको सुखद अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुस्वास्थ्य, शान्ति र समृद्धिको कामना गरेका छन् ।

 

‘विविध भाषा, संस्कृति, परम्परा र विभिन्न स्थानमा रहेका नेपालीबीच भाइचारा, मेलमिलाप, सुसम्बन्ध कायम गर्न समेत चार्ड पर्वले महत्वपूर्ण योगदान पुर्याउँछ’, महराले भनेका छन्, ‘यस पर्वले सामाजिक तथा आर्थिक रुपान्तरणमा प्रेरणा प्राप्त हुने विश्वास लिएको छ । सामाजिक विकृति एवम् विसंगतीवरुद्धको विजयी गर्न सक्ने क्षमता सबैमा प्रदानहोस भन्ने शुभकामना छ ।’

प्रतिक्रिया दिनुहोस्