प्रधानाध्यापक नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष



मेलम्ची : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ को इसिङ आधारभूत विद्यालयका प्रधानाध्यापक नारायण गिरी सोही वडाको बागेश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनेको छ ।

गाउँपालिकाको शिक्षा ऐनको दफा २३ को उपदफा ग मा कुनै पनि विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक तथा अन्य सरकारी कर्मचारी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नपाउने भन्ने छ ।

गत मङ्सिर ३ गते सर्वसम्मतिले गिरीलाई सशर्त अध्यक्ष बनाइएको स्रोत व्यक्ति भरत नेपाल बताए। “व्यावहारिक कुरालाई ध्यानमा राखेर तीन महीनाभित्र प्रधानाध्यापकबाट राजीनामा दिने शर्तमा अध्यक्ष बनाइएको हो”, स्रोत व्यक्ति नेपालले भने।

प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण गिरी चैतमा राजीनामा दिने बताए । गाउँपालिका शिक्षा शाखाका संयोजक खेतनाथ घिमिरेले कानूनविपरीतको काम भएको स्वीकार गर्दै अबका केही दिनमा राजीनामा नदिए पद कायम नराखिने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्