टाइगर र आलिया सँगसँगै



एजेन्सी : बलिउडका नायक टाइगर श्राफ र नायिका आलिया भट्ट एउटै फिल्ममा देखिने भएका छन् । उनीहरूले फिल्म ‘स्टुडेन्ट अफ दि इयर २’मा सँगै काम गर्न लागेका हुन् । उनीहरूले यस फिल्मको एक विशेष गीतमा स्क्रिन साझेदारी गर्दैछन् ।

बलिउड मिडियाका अनुसार आलिया फिल्मको सानो भूमिका र गीतमा देखिनेछिन् । आलिया र टाइगरको गीतको छांयाकन आगामी साता हुनेछ । अहिले गीत छायांकनका लागि पूर्वतयारी भइरहेकोे छ । यस गीतको छायांकनका लागि सुबुरवन स्टुडियोमा भव्य सेट तयार गरिएको छ । उक्त गीतको भिडियोलाई फराह खानले करियोग्राफी गर्नेछिन् ।

‘स्टुडेन्ट अफ दि इयर’मा मुख्यभूमिका निर्वाह गरेका नायकहरू वरुण धवन र सिद्धार्थ मल्होत्राले पनि यस फिल्ममा विशेष भूमिका निर्वाह गर्नेछन् । उनीहरूको पनि आगामी साताका लागि छायांकन मिति तय गरिएको छ ।

‘स्टुडेन्ट अफ दि इयर २’ लाई पुनित मल्होत्राले निर्देशन गरेका छन् । यस फिल्ममा अनन्या पाण्डे र तारा सुतरियाको मुख्यभूमिका रहेको छ । यो फिल्म धर्मा प्रोडक्सनमा बनेको छ । यस फिल्मलाई करण जोहरले निर्माण गरेका छन् । यो फिल्म मे १० बाट रिलिज हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्