रिसको सुरमा विमानको शीशा फुटाइदिएपछि…



एजेन्सी : प्रेमीले छोडेपछि मापसे गरेर विमान चढेकी एक महिलाले रिसको सुरमा विमानको शीशा फुटाइदिएपछि विमान आकस्मिक अवतरण गर्नुपरेको छ ।

यात्रुको यो हर्कतपछि लूङ एयरलाइन्स फ्लाइट ८५२८ का चालकले झेङचो सिनझेङ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराउनुपरेको थियो ।

ली नामक महिलाले उडिरहेको विमानमा मे २५ मा क्रोध व्यक्त गरेको विमान अधिकारीहरूले बताए ।

उनी सीटमा बसेर रोइरहेको अनि विमान कर्मचारी र अन्य यात्रुले उनलाई रोक्न खोजेको देखिन्छ ।

महिलालाई प्रेमीले छोडेको विश्वास गरिएको छ ।

उनले आधा लिटर चिनियाँ रक्सी बाइजिउ पिएको प्रहरीको भनाइ छ । त्यसमा अल्कोहलको मात्रा ६० प्रतिशतसम्म हुन्छ ।

विमानमा चढ्नुअघि लीले २५० मिलीका दुई बोतल पिएकी थिइन् ।

विमान चिङ्घाई प्रान्तको राजधानी सिनिङबाट उडेर जियाङ्सु प्रान्तको तटीय शहर यानचेङ जान लागेको थियो ।

प्रहरीले उनलाई हिरासतमा लिएको छ । उनलाई कति समयसम्म रिमान्डमा राखिएको थियो र विमानमा पुगेको क्षतिका लागि क्षतिपूर्ति तिराइने विषयमा केही थाहा हुन सकेको छैन ।

दण्डस्वरूप उनलाई उनलाई चीनको उड्डयन प्राधिकरणले कालो सूचीमा राख्ने नराख्ने स्पष्ट छैन ।

प्रतिक्रिया दिनुहोस्