बैंक लुट्न ५ फिट सुरुङ खनेर पसे चोर



एजेन्सी : लकडाउनको समयमा विभिन्न खाले अपराधिक घटना बढ्दै गएको छ । बैंक र एटीएममा चोरीका घटना बढिरहेका छन् । हालै भारतको एक बैंकमा चोरीको प्रयास भएको छ ।

आइतवार राती भारतको कांकेरको सरोना इलाकामा रहेको मुडपार सहकारी बैंकमा लुटेराहरूले बैंक चोर्ने प्रयास गरेको खबर बाहिरिएको छ ।

ती चोरहरूले बैंकको बाहिरबाट ५ फिट सुरुङ खनी बैंक चोरीको प्रयास गरेको भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।

सुरुङमार्फत ती लुटेराहरू एउटा कोठामा पुगे । सो कोठामा १७ लाख नगद राखिएको बक्स फेला पारे । यद्यपी उनीहरूले सो बक्स तोड्न सफल भएनन् ।

यो घटना सोमवार मात्रै बाहिर आयो । बैंकका कर्मचारी जब बैंक पुगे क्याशियरको कोठाको टायल बिग्रिएको अवस्थामा थियो ।

दुधाहा प्रहरी स्टेशनका अनुसार चोर सुरुङ बनाएर क्याशियर कोठामा पुगेको थियो । यद्यपी उनीहरूले रकम चोर्न पाएनन् ।

चोरले बैंकको सीसीटीभी क्यामेरालाई कपडाले ढाकिदिएको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्