प्रेमिकालाई भेट्न होस्टल गएका चिकित्सकको पाइपबाट चिप्लेर मृत्यु



एजेन्सी : भारतको मध्य प्रदेशको इन्दौरमा एक युवा प्रेमिकालाई भेट्न होस्टल जाँदा त्यहाँको पाइपबाट चिप्लेर मृत्यु भएको छ ।

प्रेमिकालाई भेटेर फर्किने क्रममा डाक्टरको गोडा पाइपमा चिप्लियो । उनलाई अस्पताल पुर्‍याइएको थियो र त्यहीँ उनको मृत्यु भयो ।

इन्डेक्स मेडिकल कलेजमा कार्यरत चिकित्सक प्रेमिकाको होस्टेलको तेस्रो तल्लाबाट पाइपमार्फत तल आइरहेको बेलामा चिप्लेका थिए ।

चिकित्सकको नाम आयुष हो । प्रेमिका एमबीबीएस पढिरहेकी थिइन् र आयुष इन्डेक्स अस्पतालमा इन्टर्नशिप गरिरहेका थिए ।

लकडाउन खुकुलो भएपछि उनकी प्रेमिका इन्दौर फर्केकी थिइन् । त्यसपछि प्रेमिकालाई भेट्न आयुष होस्टेल पुगेका थिए ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्