बढ्यो सुनको मूल्य



काठमाडौं : आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार प्रतितोला ८९ हजार ७ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा १ सय रुपैयाँले बढेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ८९ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर ९ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्