उपाधिका लागि युभेन्टस् र नेपोली भिड्दै



एजेन्सी : कोपा इटालियाको उपाधिका लागि युभेन्टस र नेपोली भिड्दै छन् । खेल आजराती १२ ४५ बजेबाट स्टाडियो ओलम्पिको मैदानमा हुनेछ ।

युभेन्टस एसी मिलानलाई हराउँदै फाइनलमा आइपुगेको हो भने नेपोलीले इन्टर मिलानलाई पराजित गर्दै युभेन्टससँगको भिडन्त तय गरेको हो ।

नेपोली २०१४ पछि आफ्नो पहिलो कोपा इटालिया उपाधिको खोजीमा छ । युभेन्टसले कोपा इटालियाको उपाधि सर्वाधिक १३ पटक जितेको छ ।

बुफोनले आफ्नो करियरमा पाँचपटक कोपा इटालियाको उपाधि जितेका छन् । यदि उनले नेपोलीसँगको खेल जिते रोबर्टो मान्सिनीसँग ६ पटक कोपा इटालिया जित्ने खेलाडीको रेकर्डलाई बराबरी गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्