दुर्इ सातादेखि तीन युवती बेपत्ता



नुवाकोट : तादी गाँउपालिका–१ उर्लेनी काल्चेका तीन युवती दुई सातादेखि हराइरहेका छन् । 

गत भदौ १८ गते तादी–३ खरानीटारमा लाग्ने श्रीकृष्ण जन्माअष्टमीको रथयात्राको जात्रामा सहभागी हुन गएका उनीहरु फर्केर घर नआएको भन्दै परिवारले खोजी गर्न प्रहरीसमक्ष सहयोग मागेका छन् ।

 

काल्चेका १८ वर्षीया शर्मिला भनिने आइती तामाङ, उनकी फुपू १७ वर्षीया सम्झना तामाङ र उनकी साथी १७ वर्षीया हसिना भनिने माया तामाङ जात्रामा गएपछि सम्पर्कमा नआएको शर्मिलाको बुबा सोम्बरबहादुर तामाङले बताए । 

गाउँबाट बाहिर नजाने उनीहरु कहाँ गएका हुन् भन्ने केही जानकारी नआएकाले दलालले ललाइफकाइ भारततर्फ बेचबिखनमा लगेको हुनसक्ने भन्दै परिवारले दिएको सूचनाको आधारमा प्रहरीले सीमाक्षेत्रमा खोजी तीव्र बनाएको छ ।

 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार हराएकामध्ये दुईको मोबाइल ‘लोकेसन’ भारतीय सीमाक्षेत्रसम्म पुगेको देखिएकाले खोजीको लागि त्यसतर्फ प्रहरी परिचालन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्