जनकपुरधाम : जनकपुरधामको राजदेवी मन्दिरमा हुने बोका बलिको लागि मंगलबारसम्म पाँच हजारभन्दा बढीले रसिद काटेका छन् ।
राजदेवी मन्दिरमा पूजाको अभिभारा बोकेकाे स्थानीय महावीर युवा कमिटिका अध्यक्ष रोशन शेखर जायसवालले दिएको जानकारी अनुसार एउटा बोकाको टाउकोको मूल्य रु दुर्इ सय छ ।
जयसवाल भने, 'गूठी संस्थानमा मंगलबारसम्मको रेकर्ड हेर्दा पाँच हजार बढी खसी बोका लागि रासिद काटी सकिएको छ ।'
सोचे अनुरूप रसिद नकाटेको अनुभव सुनाउँदै अध्यक्ष जायसवाल भन्छन , ' अन्य वर्ष जस्तो यसपाली हामीले १५ हजार रसिद छापेको हो तर अहिलेसम्म हेर्दा लाग्छ बोका बलिमा कमि आउन सक्छ '
अघिलो वर्ष १३ हजारभन्दा बढी बोका बलि भएको थियो । त्यस भन्दा अघिलो वर्ष १५ हजार बढी बोकालाई बली दिइएकाे महावीरका महासचिब अजय साहको बताउँछन् । तर यसपटक १० हजार भन्दा माथि नै हुने अाँकलन गरिएकाे छ ।
केहि वर्ष पहिलेदेखि गायत्री परिवार लगायत अन्य संघ संस्थाले पशु हत्या नगर्न नगराउन विभिन्न चेतना मूलक कार्यक्रमहरु गर्दै आएको छ । तर अझैं पनि पशु बलि राेकिएकाे छैन ।
कमिटीका महासचिब रोशन शेखर भने, 'बोका बलिमा कमी हुनुकाे कारण यसपटक जनकपुरमा सडक विस्तारको क्रममा थुप्रै घरहरु टुटेको छ, यहाँका स्थानिय दु:खीत छन् त्यसकारण पनि यो प्रभाव परेको हो ।'