बारामा आगलागीबाट घरगोठ जलेर नष्ट



बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१६ मा मंगलबार आगलागी हुँदा करिब साढे तीन लाखको क्षति भएको छ।

 

 जीतपुरसिमरा १६ पिलुवा आदर्शचोकस्थित जयराम अधिकारीको गोठमा साँझ पौने ६ बजे आगलागी हुँदा पराल तथा काठपात जलेको वडा अध्यक्ष केदारनाथ बजगाईंले जानकारी दिए।

 

 विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए। 

 

आगो जीतपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकाको गरी दुईवटा वारुण यन्त्रको सहयोगमा करिब डेढ घण्टापछि नियन्त्रणमा आएको प्रहरी निरीक्षक हमालले बताए। 

 

इलाका प्रहरी कार्यालय सिमरा, सशस्त्र प्रहरी पिलुवाका प्रहरी तथा स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्