राष्ट्रपति भण्डारीद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण



काठमाडौं : निशान छापमा नेपालको नयाँ नक्सा राख्‍नका लागि गरिएको संविधान (दोस्रो) संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् । 

सरकारले जारी गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको हो ।

नेपालले आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको नयाँ नक्सालाई निशान छापमा राख्‍न प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी  दुबै सदनले पारीत गरेको संविधान (दोस्रो) विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, “आज मिति २०७७ साल असार ४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।” 

प्रतिक्रिया दिनुहोस्