नयाँ एपमार्फत चलचित्र ‘छक्का पन्जा ३’ र ‘छ माया छपक्क’ रिलिज गरिर्दै



काठमाडौं : चलचित्र ‘छक्का पन्जा ३’ र छ ‘माया छपक्क’ अब नयाँ एपमार्फत रिलिज गर्न लागिएको छ । अभिनेता दीपक राज गिरीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै दर्शकले हेर्न नपाएको गुनासोलाइ मध्यानजर गर्दै नयाँ एपबाट चलचित्र रिलिज गर्न लागिएको जानकारी दिएका छन् ।

अभिनेता दीपक राज गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘परदेशमा रहनु भएका दर्शकले छक्का पन्जा ३’ र छ ‘माया छपक्क’ हेर्न नपाएको गुनासोलाइ ध्यानमा राखेर अब यी चलचित्रहरू एउटा एपमा रिलिज गर्दैछौ… उक्त एपको जानकारी केहि दिनमै ।’

चलचित्र ‘छक्का पन्जा ३’ र छ ‘माया छपक्क’ को एप राइट ऋचा शर्माले किनेकी छिन् । यी दुई चलचित्रलाई ऋचाले ‘चलचित्र टिभी’ नामक एप मार्फत रिलिज गर्ने तयारीमा छिन् । एप लन्चको तयारीमा ऋचा रहेकी छन् । ऋचाले जुनको २४ तारिखबाट यो एप सार्वजनिक गर्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्