करणले फोन नम्बर परिवर्तन गरे, आलियालाई ट्विटरमा अनफ्लो



काठमाडौंः बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपश्चात यतिबेला सिंगो बलिउडमा नै परिवारवादको चर्चा भएको छ ।

सुशान्तका फ्यान उनको निधनको पछाडि परिवारदलाई महत्व दिने निर्माता र कलाकारको हात रहेको बताउँछन् । यो मुद्दामा सबैभन्दा अगाडि निर्माता करण जोहरको नाम आएको छ ।

करणले निर्माण गरेको चलचित्र ‘ड्राइभ’मा सुशान्तले काम गरेका थिए । यो चलचित्रलाई केही वर्ष रिलिज गरिएन । पछि करणले यसलाई डिजिटल रिलिज गरे । सुशान्त करणको यो काम गर्ने शैलीबाट दिक्क भएको बताइन्छ ।

बिहारमा करण जोहर, सलमान खानसहित विभिन्न ७ जना बलिउडकर्मीविरुद्ध मुद्दास दायर गरिएको छ । यी सबै कुराहरु चलिरहेको समयमा निर्माता करण जोहरले आफ्नो फोन नम्बर परिवर्तन गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

साथै, करणले आफ्नो ट्विटरबाट आलिया भट्ट, बरुण धवन, सिद्धार्थ मल्होत्रा जस्ता कलाकारलाई अनफलो गरेका छन् । उनले जम्मा ७ जनालाई मात्र फलो गरेका छन् । सामाजिक संजाल इन्स्टाग्राममा करणलाई अनफलो गर्नेहरुको संख्या ३ लाख भन्दा बढी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्