पप्पु कन्स्ट्रक्शनको लापरवाही, तिलावे पुल नबन्दा स्थानियलाई सास्ती



वीरगन्जः पर्सा जिल्लाको सदरमुकाम वीरगन्ज, बारा जिल्लाको पश्चिमी सिमानासँग जोडिएको छ । वीरगन्ज एउटा आर्थिक नगरीको रुपमा पनि परिचित छ । यहाँ व्यापक रुपमा कलकारखाना, उद्योग छन । वीरगन्ज संगै मुख्यमार्ग वीरगन्ज पथलैया कोरिडोरलाई औद्योगिक क्षेत्र समेत भन्ने गरिन्छ ।

हुलाकी राजमार्ग अन्र्तरगत वीरगन्ज र ग्रामिण भेगको मुख्यमार्ग जोड्ने काम वीरगन्जकै अलौंमा रहेको तिलावेपुलले गरेको छ । वीरगन्ज लगायतको क्षेत्रमा हजारौ ग्रामिण भेगको जनता यही तिलावे पुल प्रयोग गरेर रोजीरोटीको तलासमा आउने गरेका छन् ।

तिलावेपुल जिर्ण भएको वर्षौ भईसकेको छ । विकल्न नभएपछि स्थानिय जिर्ण पुलबाट नै जोखिमपुर्ण यात्रा गरेर वीरगन्ज आउँने गरेका थिए । जनताको दुख, पिडा बुझी पाँच बर्ष पहिला तत्कालि भौतिक पूर्वाभार तथा यातायात मन्त्री विमलेन्द्र निधिले यो पुलको शिलान्यास गरेका थिए ।

हुलाकी सडक खण्डमा पर्ने यो पुलको निर्माणको ठेक्का पप्पु लुम्बनी जेभि काठमाण्डौले लिएको छ । शिलान्यास भएको ५ बर्ष वित्तिसक्दा पनि निर्माण कम्पनीले पुलको निर्माण हालसम्म सम्पन्न नगर्नु जिल्लावासीको लागि दुर्भाग्यपूर्ण नै छ ।

पप्पु, लुम्बनी र जेभि काठमाडांै गरी तीनवटै निर्माण कम्पनीले तिलावेपुल निर्माणको लागि २०७२ जेष्ठ २५ गते ७ करोड ७१ लाख ७३ हजारमा २०७५ जेष्ठ २४ गते निर्माण सम्पन्न गर्ने गरी ३ बर्षको ठेक्का सकार ग¥यो । तर पप्पु कन्स्ट्रक्सनले नै एकलौटी रुपमा निर्माण सम्पन्न गर्ने आफनो सहयोगि कम्पनी संग आन्तरिक सम्झौता गरेको थियो ।

पप्पु कन्स्ट्रक्सन प्रोप्राईटर जनता समाजवादी पार्टीका नेता एवं निलम्बीत प्रतिनिधि सभा सदस्य हरी नारायण रौनियारका छोरा सुनिम रौनियार हुन् । ठेक्का लिएको ३ बर्ष वित्तिसक्दा पनि काम शुरु गरेको थिएन उनले । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जले बारम्बार ताकेता गर्दा थप एक बर्षको म्याद लिएर निर्माण कार्य शुरु गर्यो । तर लिएको म्याद भित्र १९ प्रतिशत मात्र काम गरी १ करोड ४६ लाख ६२ हजार रुपैया भुक्तानी लिई पुल अलपत्र अवस्थामा छाड्यो ।

समयमै पुल निर्माण नहुँदा स्थानियलाई सास्ती भोग्नु परेको छ । रौनियारको चरम लापरबाहीका कारण समय भित्र नै पुल निर्माण सम्पन्न नगरेपछि स्थानियले सास्ती भोग्नु परेको हो । मनसुन शुरु हुन अब केहि दिन मात्र बाँकी रहँदा डाईभर्सनको बाटै नै संचालनमा रहेको छ ।

ग्रामीण क्षेत्र हरु बाट दिनहु हजारौ को संख्यामा मजदुरी गर्न सदरमुकाम वीरगन्ज लगायतका क्षेत्रहरु मा जाने गर्छ तर ठेकदार ले तिलावे पुल को दुईटै साईडको बेड तोडफोड गरि अलपत्र बनाई केही काम नगरेको ले डाईभर्सनको बाटो भएर जिल्लावासी आउँने जाने गरेका छन ।

पर्सा जिल्ला तिलावेपुल पारी नै हो । यहाँबाट प्रदेश २ का मुख्यमन्त्री देखि लिएर कयौं माननिय तथा पूर्व माननियहरुको समेत घर यतै पर्छ र यहि बाटो भएर आफनो घर आउँने जाने गरेका छन । तर अहिले सम्म उहाँहरुको आँखा पुलमा पुग्न नसकेको स्थानिय रुपेश ठाकुरले बताए ।

पुल बन्छ भनि सुन्दै आएको चार बर्ष भईसक्यो तर अहिले सम्म पुल बन्ने कुनै छाटघाट नदेखिएको जनता समाजवादी पार्टीका नेता शिव पटेलले बताए । उनले भने, पुल निर्माण भए नभएको बारे सरकारको पनि यसमा ध्यान पुग्न सकेको छैन । यस्तो लापरवाही गर्ने ठेकेदारलाई सरकारले तह नै लगाउन उनले माग गरे ।

जुन किसिमको अहिले पुल निर्माण नएपछि डाईर्भसन बनाईएको छ त्यो डाईर्भसन हल्का बर्षातले पनि थेक्न सक्दैन र बगाएर लैजान्छ । जिल्लावासी दैनिक जिवन यापनको लागि यो बाटो लाईफ लाईनको रुपमा रहेको छ र वर्षात शुरु भएलगतै सबै ठप्प नै हुन्छ । नेपाली काँग्रेसका युवा नेता राकेश यादवले भने, कोरोना महामारीमा महापाप जस्तो कार्यगर्नेलाई भगवानले कुनै पनि हालतमा माफ गर्ने वाला छैन ।

पर्साबासीहरु लाई सदरमुकाम वीरगन्ज संग जोडिने यो पर्सा जिल्लाको तिलावे पूल निर्माणको लागि ठेक्का लिएका ठेकेदार कम्पनी पप्पू लुम्बिनी जेभि काठमाडौंको चरम लापरबाहीका कारण समय भित्र पूलको कार्य सम्पन्न हुन सकेको छैन ।

थपिएको म्यादमा पनि पप्पु कन्स्ट्रक्शनका संचालक रौनियारले पुल निर्माण सम्पन्न नगरेपछि हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय वीरगन्जले रौनियार सहित उनका सहयोगि निर्माण कम्पनी लुम्बीनी जेभिलाई समेत कारवाहीको प्रकृया शुरु गरेपछि अन्तिम पटकको लागि म्याद थप गराएको छ ।

पप्पु लुम्बनी जेभिले योजना कार्यालय संग २०७६ फाल्गुन १५ गतेदेखि २०७७ फागुन १३ गतेसम्म १ बर्षको लागि अन्तिम म्याद थप गराई कन्ट्याकमा नवकान्तिपुर कन्स्ट्रक्शन कम्पनी प्रालिलाई ठेक्का दिएको छ । नवकान्तिपुरले यहि फाल्गुन देखि काम शुरु गरेको छ । तर अहिलेसम्म १० प्रतिशत मात्र काम गरेको दावी गरेको छ । लकडाउनले गर्दा काम अगाडी बढ्न नसकेको कम्पनीका कर्मचारी श्रीराम ढकाल बताउ छन् ।

हुलाकी राजमार्ग योजना कार्यालय वीरगन्जका योजना प्रमुख दीपेन्द्र पान्डेले तिलावेपुल २०७५ जेष्ठ २४ गते सम्म काम सक्नु पर्नेमा हालसम्म को वितिय प्रगति १९ प्रतिशत र भौतिक २४ प्रतिशत मात्र काम भएको बताए ।

समयमा निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीको धरौती रकम जफत गर्ने प्रकृया अगाडी बढाएपछि अन्तिममा आएर उनको सहयोगि कम्पनी लुम्बनीले काम पुरा गर्ने भनि नियमपूर्वक एक वर्षको म्याद थपियो । वर्षात शुरु हुनु अगावै नै तिलावेपुलको छेउँमा खनिएको फाउन्डेशनलाई पुरेर तत्काल पुल संचालन गर्ने उनले बताए । वीरगन्जको पश्चिम जिल्लाको ९० प्रतिशत भुभाग ग्रामिण भेगमै पर्छ । जिल्लाको कुल जनसंख्या करिब ६ लाख भन्दा बढी छ । जसमध्ये ७५ प्रतिशत भन्दा बढी जनसंख्या ग्रामिण भेगको छ । औद्योगिक तथा आर्थिक नगरीको रुपमा रहेको वीरगन्जमा दैनिक १०-१५ हजार ग्रामिण भेगका जनता आफनो काम गर्न आउने गरेका छन् ।

प्रशासनिक, मालअडा, यातायात लगायतको सरकारी कार्यालयबाट सेवा लिन समेत हजारौ ग्रामिण भेगका जनता सदरमुकाम वीरगन्ज आउने गरेका छन् ।

मनसुन आउनु भन्दा पहिले नै तिलावेपुल पुर्णरुपमा संचालन हुने सम्भावना न्यून देखिएको छ । मनसुन शुरु भएसंगै डाईभर्सनको बांध बगेर बाटो पुर्णरुपमा ठप्प हुने पक्का देखिएकोले यसलाई समयमै समाधान गर्न नसके पर्साको ग्रामिणवासीको भविष्य नै अन्धकार मय हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्