आज चर्चित कोरियोग्राफर कविराज गहतराजको जन्मदिन, कति वर्ष पुगे ?



काठमाडौं : आज चर्चित कोरियोग्राफर कविराज गहतराजको जन्मदिन परेको छ । आजदेखि कविराज ३६औँ वर्षमा प्रवेश गरेका छन् । कविराज वि.स २०४२ साल असार ५ गते काठमाडौँको न्युरोडमा जन्मिएका हुन् । लकडाउनका कारण आजको जन्मदिन उनले आफ्नो परिवार र नजिकका साथिहरुसँग घरैमा मनाउँदै छन् । उनलाई सामाजिक सञ्जालमा चलचित्रकर्मी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

कविराज गहतराज नेपाली चलचित्र क्षेत्रमा अहिलेका निकै चर्चित कोरियोग्राफर हुन् । चलचित्र ‘इतिहास’ बाट चलचित्र क्षेत्रमा कोरियोग्राफरी गर्न शुरु गरेका कविराजले ‘२ रुपियाँ’, ‘यात्रा’, ‘छ माया छपक्कै’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘फाटेको जुत्ता’ जस्ता करिव दुइ सय भन्दा बढि चलचित्रहरुमा कोरियोग्राफरी गरिसकेका छन् । डान्स रियालिटी शो बूगी वूगीको नेपाली संस्करणमा समेत निर्णायक भइसकेका कविराज करिव ढेड दशक भन्दा लामो समय देखि कताकारिता क्षेत्रमा सत्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्