भर्साटाइल इरफान ‘हिन्दी मिडियम २’ मा 



काठमाडौं : बलिउड नायक इरफान खानलाई भर्साटाइल कलाकारका रूपमा चिनिन्छ । उनले विभिन्न किसिमका अभिनय गरेका छन् । गएको वर्ष न्यूरोइन्डोक्राइन ट्युमरका कारण बलिउड कलाकार इरफान खान गम्भीर स्वास्थ्य समस्यामा परेका थिए । 

उपचारका लागि बेलायत पुगेका उनको स्वास्थ्यस्थिति अत्यन्तै गम्भीर भएको भन्दै विभिन्न आशंका गरिएको थियो । इरफानकै तर्फबाट पनि उनको स्वास्थ्य समस्याका बारेमा इमोसनल भनाइ सार्वजनिक भएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि इरफान उपचारका लागि बेलायत पुगेका थिए । लामो समयदेखि उनी लन्डनमै उपचार गराइरहेका छन् । लन्डनमा बसेर उपचार गराइरहेका इरफानका प्रशसंकलाई हर्षित बनाउने खबर सार्वजनिक भएको छ । 

अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको खबर बाहिरिएको छ । यतिमात्रै नभएर उनी चाँडै भारत फर्कने तयारीमा रहेको खबर आएको छ । भारत आएपछि, उनले २०१७ सालमा प्रदर्शन भएको फिल्म हिन्दी मिडियमको सिक्वेलमा काम गर्ने भएका छन् ।

यस फिल्मका निर्माता दिनेश विजनले पनि यो कुराको पुष्टि गरेका छन् । ‘हिन्दी मिडियम २’ लाई होमी अदजनियाले निर्देशन गर्दैछन् । एक भारतीय न्युजपोर्टलका अनुसार ‘हिन्दी मिडियम २’ मा इरफानको अपोजिटमा करीना कपुरले काम गर्ने  तय भएको छ । यो फिल्म इरफान र करिनाले काम गर्ने पहिलो फिल्म हुनेछ ।

फिल्म ‘हिन्दी मिडियम’मा इरफान खानले राज बत्राको भूमिकामा अभिनय गरेका थिए । फिल्ममा इरफानको अपोजिटमा पाकिस्तानी नायिका सबा कमरले अभिनय गरेकी थिइन् ।

पाकिस्तानी नायिका  सबाले राजकी पत्नी मीत बत्राको भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा हिन्दी मिडियममा पढेका हिन्दी अभिभावकको संघषलार्ई देखाइएको छ । जो आफ्ना बालबालिकालाई दिल्लीको राम्रो निजी विद्यालयमा पढाउन चाहन्थे । २०१७ को हिट फिल्म ‘हिन्दी मिडियम’बाट इरफानले भारतकै प्रतिष्ठित अवार्ड फिल्म फेयरमा बेस्ट एक्टरको अवार्ड पनि पाए

प्रतिक्रिया दिनुहोस्