संघीय संसदबाट शोक प्रस्ताव पारित



काठमाडौं: पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारी प्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभाको शुक्रबारको बैठक स्थगित भएको छ। शोक प्रस्ताव पारित गर्नुअघि सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेश तिमल्सिनाले शोक वक्तव्य पढेर सुनाएका थिए।

बुधबार निधन भएका अधिकारीको शोकमा संघीय संसद्को दुवै सदनमा एक मिनेट मौन धारण गरिएको थियो। प्रतिनिधि सभाको अर्को बैठक शनिबार एक बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस्