दिनेश पौडेलको निर्देशनमा चलचित्र ‘कालुराम’ बन्दै



काठमाडौं : पछिल्लो समय लकडाउन खुकुलो हुँदै जाँदा केही चलचित्रकर्मीहरु अब चलचित्र निर्माण सुरु गर्ने योजनामा छन् । त्यस्तै निर्देशक दिनेश पौडेल पनि लकडाउन खुल्नसाथ नयाँ चलचित्रको छायांकनमा जाने तयारी गरिरहेका छन् । पौडेलले चलचित्र ‘द मस्ट वान्टेड’बाट नेपाली चलचित्र क्षेत्रमा निर्देशन यात्रा सुरु गरेका हुन् । पौडेलले अब नयाँ चलचित्र ’कालुराम’ निर्देशन गर्ने भएका छन् ।

चलचित्रको लागि स्क्रिप्ट तयार छ भने तिन वटा गीत समेत रेकर्ड भइसकेको छ । चलचित्रका लागी केही कलाकार फाइनल भइसकेका छन् भने कही छनौटको क्रममा छन् । चलचित्र ‘कालुराम’ समसामयिक प्रेम कथामा बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्