नासु ढकबहादुर घुस सहित समातिए 



काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीको जलेश्वरस्थित मालपोत कार्यालयका नायब सुब्बा ढकबहादुर कार्कीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

जग्गा नामसारी गर्न सर्जमिन मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरीको आधारमा अख्तियारको टोलीले अनुसन्धान गर्दा दश हजार रुपयाँ लिइसकेको पुष्टी भएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए ।

कार्कीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि भएकोले बिगो दश हजार रुपयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी गर्दै  विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको दंगालले बताए । 

प्रतिक्रिया दिनुहोस्