यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोह स्थागित



काठमाडौं : चलचित्र विकास बोर्डले हरेक वर्ष असार १६ गते आफ्नो वार्षिक उत्सव मनाउँदै आएको छ । वि.स २०५७ साल असार १६ गते स्थापना भएको बोर्डले आफ्नो वार्षिकोत्सवको अवसरमा चलचित्र कर्मीहरूलाई सम्मान तथा पुरस्कृत गर्ने गरेको छ । तर, यस वर्ष भने विकास बोर्डले वार्षिक उत्सबका अवसरमा प्रत्येक वर्ष गर्ने ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोह स्थागित गरेको छ ।

यस वर्ष कोरोनाभाइरस संक्रमणका क्रास तथा लकडाउनका कारण बोर्डले स्थापना दिवस मात्र मनाउने छ । कुनै सभा–समारोह नगर्ने घोषण गरेको छ । गत वर्ष पनि विभिन्न कारण रोकिएको तीन वर्षको राष्ट्रिय पुरस्कार एकै पटक बाँडिएको थियो । नवनियुक्त अध्यक्ष दाहालका अनुसार अर्को वर्ष दुई वर्षकै (२०७६/०७७) को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ एकसाथ बाँडिने छ ।

प्रतिक्रिया दिनुहोस्