प्रभासको नयाँ फिल्म ‘साहो’को टिजर सार्वजनिक 



एजेन्सी : ‘बाहुबली’बाट सफलता हात पारेका प्रभासको नयाँ एक्सन फिल्म ‘साहो’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ६० सेकेण्ड लामो टिजरमा फिल्म एक्सनले भरिएको देखाइएको छ । यस टिजरमा प्रभाससँगै नायिका श्रद्धा कपुर पनि देखिएकी छन् ।

सार्वजनिक टिजरमा मार्च ३ मा फिल्मको नयाँ लुकु सार्वजनिक गरिने घोषणा गरिएको छ । करिब ३०० करोड भारूमा निर्माण भएको फिल्मलाई हिन्दी, तमिल तथा तेलेगुमा छायाँकन गरिएको छ । फिल्मको एक एक्सन दृश्यका लागि मात्रै करिब ९० करोड भारू खर्चिएको समाचार बाहिरिएको छ ।

फिल्मले ‘बाहुबली’ले जस्तै ब्ल्कबस्टर व्यापार गर्ने अनुमान गरिएको छ । फिल्ममा प्रभास, श्रद्धा, निल नितिन मुकेश, अरूण बिजय तथा एभलिन श्रमाको महत्वपूर्ण भूमिका रहनेछ । फिल्म अगस्ट १५ मा रिलिज हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस्