नेयमारले बार्सिलोनालाई ६.७ मिलियन तिर्नुपर्ने



एजेन्सी : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले पूर्व क्लब बार्सिलोनालाई ६.७ मिलियन युरो तिर्नुपर्ने भएको छ ।

स्पेनको अदालतले ब्राजिलियन फरवार्ड नेयमारले स्पेनिस क्लबलाई ६.७ मिलियन युरो तिर्नुपर्ने फैसला गरेको छ ।

बार्सिलोनाले शुक्रबार एक विज्ञप्ति निकाल्दै नेयमारले क्लबलाई उक्त रकम तिर्नुपर्ने अदालतले फैला गरेको जनाएको छ ।

पीएसजीमा अनुबन्ध भएपछि नेयमारले बार्सिलोनाले बोनस वापत आफुलाई ४३.६ मिलियन दिनु पर्ने भन्दै अदालतमा मुद्दा दर्ता गरेका थिए ।

तर, अदालतले उल्टै नेयमारले बार्सिलोनालाई मोटो रकम तिर्नुपर्ने फैसला गरेको हो ।

नेयमारले २०१७ मा बार्सिलोनाबाट पीएसजी गएका थिए ।

प्रतिक्रिया दिनुहोस्