चर्चित बाल गायक आशोक दर्जीको गीत प्रणाम’ सार्वजनिक (भिडियो)



काठमाडौं : छोटो समयमा चर्चामा आएका बाल गायक हुन आशोक दर्जी । केही वर्ष अघिसम्म झापाका केही शहरहरुमा मात्रै सीमित दर्जी, पछिल्लो समय भने देश, विदेशमा छाएका छन् । उनै चर्चित बालगायक अशोक दर्जीको स्वरमा नयाँ गीत ‘प्रणाम’ सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत तथा संगीत संयोजन टंक बुढाथोकीको रहेको छ ।

गीतमार्फत अहिले सम्म अशोकको सांगीतिक यात्रामा प्रत्यक्ष अप्रत्यक्षरुप सहयोग गर्ने सम्पूर्ण दर्शकश्रोता तथा शुभचिन्तकहरुलाई धन्यवाद दिँदै प्रणाम भनिएको छ । गीतको भिडियोमा ए आर बुढाथोकी र अशोक फिचर्ड भएका छन् । गीतको भिडियोलाई छायांकन नवराज उप्रेतीले र सम्पादन मनोज कार्कीले गरेका छन् । त्यस्तै भिडियो कन्सेप्ट र निर्देशन भने टंक बुढाथोकीकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्