पशुपतिमा नागा बाबाको दर्शन !



काठमाडाै‌ : शिवरात्री पर्वको सन्दर्भमा नागा बाबाहरुलाई लिएर नकारात्मक टिप्पणी हुन्छन्। नागा बाबाहरु काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा विषेशतः भारतबाट आउँछन्। र, नांगै बस्ने वा सहर बजारमा हिँडडुल पनि गरिदिनाले यिनीहरुप्रति समाज अलि नकारात्मक भएको पाइन्छ।

भाङ, धतुरो सेवनले त्यो नकारात्मक सोचाईलाई थप बल दिन्छ। शिवरात्रीका बेला पशुपतिनाथ मन्दिर परिसरमा तमासा र हाँसोका पात्र हुने यिनीहरु अत्यन्तै सहज, सौम्य र गभ्मीर रुपमा प्रकट भएर गम्भीर जीवनदर्शनको गहन पक्षमा छलफल गर्ने गरको पाइन्छ।

दर्शनको गहनतालाई सहज रुपमा सरल ढंगले यसरी पनि व्यक्त गर्न सक्दा रहेछन्, जुन शास्त्रीय ग्रन्थबाट प्रायः मुस्किल नै हुने गर्छ। निर्वस्त्र र यौनांगसँग यौनिकताको सम्बन्ध हुनै पर्छ भन्ने अनियवार्य छैन। एउटी पोर्नस्टार महिलाले वक्षस्थल प्रदर्शन गर्नु र आमाले शिशुलाई दूध चुसाउन खोल्नुमा फरक हुन्छ। नागरिकबाट

प्रतिक्रिया दिनुहोस्