अभिनेत्री निरिषा बस्नेत कोरोना सङ्क्रमणबाट मुक्त



काठमाडौं : केही दिन अघि भारतको मुम्बईमा रहेर सिरियलमा काम गरिरहेकी अभिनेत्री निरिषा बस्नेतलाई कोरोना सङ्क्रमण भएको थियो । कोरोना सङ्क्रमण भएको पुष्टि हुनेसाथ उनी चिकित्सकको निगरानीमा थिइन् । निरिषाले सामाजिक संजालबाट आफूलाई कोरोना भएको जानकारी गराएकी थिइन् ।

यतिबेला भने अभिनेत्री निरिषा कोरोना सङ्क्रमण मुक्त भएकी छन् । उनका पिता कलाकार तथा निर्माता विश्व बस्नेतले निरिषा कोरोनाबाट मुक्त भएको र क्वारेन्टाइनबाट फर्किएको जानकारी दिदै शुभेच्छुक सबैलाई धन्यवाद दिएका छन् ।

निरिसाले केही समय बलिउडमा काम गरिसकेपछि नेपाली चलचित्र जानी नजानी मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् । उनले भारतमा भारतीय सिरियल ’चन्द्र नन्दिनी’ मा काम गरिसकेकी छन् । उनी यति बेला भारतमा नै रहेर कलाकारितामा सङ्घर्ष गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्