आज चर्चित अभिनेता शिब श्रेष्ठको जन्मदिन, कति वर्ष पुगे ?



काठमाडौं : आज नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता शिव श्रेष्ठको जन्मदिन परेको छ । आजबाट उनी ६६औँ वर्षमा प्रवेश गरेका छन् । लकडाउनका कारण आजको जन्मदिन उनले आफ्नो परिवार र नजिकका साथिहरुसँग घरैमा मनाउँदै छन् । उनलाई सामाजिक सञ्जालमा चलचित्रकर्मी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा शिवलाई एक्शन किंग अभिनेताको रुपमा परिचित छन् । चलचित्र जीवनरेखाबाट चलचित्र क्षेत्रमा प्रबेश गरेका शिवले हालसम्म थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन् । अभिनेता शिब श्रेष्ठ कलाकारिता क्षेत्रमा करिव ३ दशक समयदेखि सक्रिया छन् । उनी अभिनित पछिल्लो चलचित्र चलचित्र प्रेमगीत ३ हो । यस चलचित्र रिलिजको तयमरीमो छ ।

प्रतिक्रिया दिनुहोस्