शिक्षाविद् दाहाल अमेरिकामा सुतेकै अवस्थामा मृत भेटिए



काठमाडौँ: शिक्षाविद् भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ । 

 

एक कार्यक्रमका लागि अमेरिका गएका दाहाल सोमबार राति होटलको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको परिवारले जनाएको छ । 

 

काठमाडौँ विश्वविद्यालयबाट शिक्षाशास्त्रमा विद्यावारिधि गरी शिक्षामा समाजवादी दृष्टिकोण र सुशासनका लागि वकालत गर्दै आउनुभएका उनी हाल त्यहाँ अध्यापनसमेत गर्थे ।

 

 रामेछापको साँघुटारमा जन्मिएका उनले यसअघि नेपालका लागि रोयल नर्वेजियन राजदूतावासमा सुशासन सल्लाहकार, नेपालका लागि फिनल्याण्ड दूतावासमा कार्यक्रम संयोजक, सेभ द चिल्ड्रेनमा कार्यक्रम निर्देशक र नेपाल रेडक्रसमा कार्यक्रम संयोजक रही काम गरेका थिए । 

 

राति होटलमा सुतेको अवस्थामा निधन भएको र उनको नाकबाट रगत बगेको पाइएपछि  हृदयाघात भएको अनुमान गरिएको छ । 

 

निधनबारे चिकित्सकीय अध्ययन प्रक्रिया पूरा भएपछि उनको शव अन्त्येष्टिका लागि नेपाल ल्याइने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्