आरुषीलाई ‘मोयाले ढाटि’ भन्दै आकाश (भिडियो)



काठमाडौं : लकडाउनको समयलाई सदुपयोग गर्दै केही कलाकर्मीहरुले छोटा चलचित्र, सिरिज, गीत तथा भिडियोहरु बनाइरहेका छन् । त्यस्तै सहिमा श्रेष्ठ र विक्रम रानाको स्वरमा नयाँ गीत ‘मोयाले ढाटि’ सार्वजनिक भएको छ । गीतमा दिपक शर्माको शब्द, संगीत तथा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा आकाश श्रेष्ठ र आरुषी मगर फिचर्ड भएका छन् । यस गीतको भिडियोलाई छायांकन भने अर्जुन तिवारीको टिमले गरेका छन् । भिडियोमा विमला र सक्षमको शृंगार र पदम सुबेदीको सम्पादन रहेको छ । त्यस्तै भिडियो निर्देशन र कोरियोग्राफी भने शिव विकले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्