अभिनेत्री ऋचा शर्माले ‘चलचित्र टीभी’ नामक एप लञ्च गर्दै



काठमाडौं : अभिनेत्री ऋचा शर्माले ‘चलचित्र टीभी’ नामक एप लञ्च गर्ने भएकी छन् । अमेरिकामा रहेका अन्य दुई लगानीकर्तासँग मिलेर उनले यो एप लञ्च गर्न लागेकी हुन् । यो ‘चलचित्र टीभी’ एप यही जुन २४ मा रिलिज हुनेछ । यस एप मार्फत सर्वप्रथम दुई सफल नेपाली चलचित्रलाई दर्शकले हेर्न पाउने छन् ।

दिपकराज गिरी र दिपाश्री निरौलाको समुहले निर्माण गरेका चलचित्र ‘छक्का पन्जा ३’ र छ ‘माया छपक्क’ को एप राइट ऋचा शर्माले किनेकी छन् । यी दुई चलचित्रलाई ऋचाले ‘चलचित्र टिभी’ नामक एप मार्फत रिलिज गर्ने तयारीमा छन् । ऋचाको टिमले दिपक दिपाको सुमहलाई दश लाख रुपैयाँ एड्भान्स रकम समेत दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्