विवाहको तयारीमा अर्जुन र मलाइका



मुम्बई : बलिवुड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोराले आगामी अप्रिलमा विवाह गर्ने तयारी गरेका छन् । भारतीय मिडिया डेक्कन क्रोनिकलक अनुसार अर्जुन र मलाइकाले आफ्नो अफ्येर्सलाई वैधानिकता दिने तयारी गरेको उल्लेख गरेको छ । डेक्कनले अर्जुन मलाइकाले क्रिश्चियन रिति रिवाजबाट विवाह गर्ने तयारी गरेको बताएको छ ।

पछिल्लो समय सार्वजनिक रुपमा सँगै देखिन थालेका अर्जुन र मलाइकाको अफ्येर्सको बारेमा दुवैले खुलेर नबोले पनि मलाइकाले हालै एक टेलिभिजन अन्तर्वार्ताका क्रममा आफुलाई अर्जुनका सबै कुरा मन पर्ने बताएर आफ्नो अफ्येर्सको पुष्टि गरेकी थिइन् ।

सन् २०१७ मा निर्माता निर्देशक अरबाज खानसँग आफ्नो १८ बर्ष लामो वैवाहिक जीवनलाई टुंगाएकी मलाइकाले अरबाजसँगको डिभोर्सपछि आफूभन्दा १५ बर्ष कान्छा अभिनेता अर्जुन कपुरसँगको सम्बन्धका कारण चर्चामा रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्