विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव, शनिवार भारतको ‘चम्पावती’ हेर्न पाइने



विराटनगर– बुधबारदेखि विराटनगरमा शुरु भएको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा शुक्रबार ‘डिसापारायसिट ओएस ह्यास–४३’ नाटक मञ्चन गरिएको छ । इटालीको इन्स्ताबिली भंगान्ती नाटक समूहले आरोहण–गुरुकुलको सुशीला कोइराला नाटकघरमा बिहीबार र शुक्रबार सो नाटक मञ्चन गरेको थियो ।

फागुन २४ गतेसम्म चल्ने महोत्सवमा विभिन्न ९ नाटक मञ्चन हुनेछन् । जसमा ४ वटा अन्य देशका र नेपालका ५ नाटक मञ्चन हुनेछन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले फागुन १५ गते उद्घाटन गरेको महोत्सवमा सोही दिन आयोजकले ‘विराट पर्व’ नामको नाटक मञ्चन गरेको थियो । महोत्सवमा बंगलादेशबाट पनि नाटक समूह सहभागी हुने भनिएपनि अन्तिम समयमा आएर सो समूहले सहभागी हुन नसक्ने जानकारी गराएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्