आज अभिनेता सौगात मल्लको जन्मदिन, कति वर्ष पुगे ?



काठमाडौं : आइतबार अभिनेता सौगात मल्लको जन्मदिन परेको छ । आजबाट उनी ४३ औँ वर्षमा प्रवेश गरेका छन् । लकडाउनका कारण आजको जन्मदिन उनले आफ्नो परिवार र नजिकका साथिहरुसँग घरैमा मनाउँदै छन् । उनलाई सामाजिक सञ्जालमा चलचित्रकर्मी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

सौगातले कागबेनी चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । सौगात मल्ल कलाकारिता क्षेत्रमा हाकु काले नामले परिचित छन् । विशेष गरेर सौगात चलचित्र लुटबाट चर्चामा आएका हुन् । उनी करिव ढेड दशक समयदेखि कलाकारितामा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्