आमा बन्दै अन्जली, बेबी सावर गीत ‘शुभकामना’ सार्वजनिक



काठमाडौं : मिलन नेवार र प्राताप दाशको स्वरमा नयाँ गीत ‘शुभकामना’ सार्वजनिक भएको छ । पछिल्लो समय नेपालमा पनि बच्चा जन्मिनुभन्दा केही दिन अघि बच्चाको स्वगतमा ‘बेबी सावर’ नामक कार्यक्रम गर्न थालिएको छ । यो गीत सन्तानको पखाईमा रहेका परिवार र गर्भवती महिला प्रति समर्पित छ । गीत मार्फत सन्तान जन्मिनुभन्दा अघिको खुसि र अनुभुतिहरुलाई गीत मार्फत प्रस्तुत गरिएको छ ।

यस गीतमा शब्द दुर्गा खनाल घिमिरेको र संगीत हेम लामाको रहेको छ । गीतको भिडीयोमा अन्जली अधिलारी, आयुष रिजाल, रश्मि भट्ट र कमल कान्त मैनालीको अभिनय छ । गम्भीर विस्टद्धारा निर्देशित यस भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन र नविन निरौलाले सम्पादन गरेका छन् । भिडियोमा माहि सिंहको शृंगार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्