ऐश्वर्याले अभिषेकसँग विवाह गरेपछि सलमानले के भने ?



एजेन्सी : ऐश्वर्या राय र अभिषेक बच्चन बलिउडका निकै प्रिय जोडीमध्ये एक हुन् र यी दुईको फ्यान फलोविङ पनि निकै राम्रो छ । अभिषेक र ऐश्वर्याले सन् २००७ मा विवाह गरेका थिए र यी दुईका आराध्या नामकी छोरी पनि छिन् ।

सोसल मिडियामा ऐश्वर्याले आराध्याको भिडियो र फोटो राखिरहन्छिन् । स्मरण रहोस्, सलमान खान र ऐश्वर्या रायको अफेयरको निकै चर्चा भएको थियो । अभिषेक र ऐश्वर्याको विवाहबारे सलमानले के भनेका थिए त, यसो रिवाइन्ड गरौं ।

९० को दशकको अन्तिममा स सन् २००० को सुरुवाती दिनमा सलमान खान र ऐश्वर्या रायको निकै चर्चा थियो । सन् २००२ पछि दुईले एक–अर्कासँग कुरा गर्नै छोडे । यस्तै, सलमान खानले एक अन्तरवार्तामा ऐश्वर्या रायबारे कुरा गरेकी थिइन् ।

सलमान खानले अन्तरवार्तामा ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरेकोमा आफू खुसी भएको बताएका थिए । उनले भनेका थिए, ‘उनी एक राम्रो परिवारको राम्रो केटा हुन् ।’ उनले दुबैलाई सुखमय दाम्पत्य जीवनको कामना पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्