नियमित यौनसम्बन्धले महिलाका यस्ता ‘समस्या’मा आउछ सुधार



एजेन्सी : विशेषज्ञहरुले पुरुष र महिला दुवैलाई नियमित यौन सम्बन्धले फाइदा गर्ने बताएका छन् । विभिन्न प्रकारका अध्ययन अनुसन्धानले पनि नियमित यौन सम्बन्ध स्वास्थ्यका लागि राम्रो भएको निष्कर्ष निकालेका छन् ।

पुरुषमा मात्र यौन सम्बन्धले फाइदा पुग्ने कुरा बढी मात्रामा चर्चा भइरहदा पछिल्लो एक अनुसन्धानले महिलामा पनि विभिन्न प्रकारका स्वास्थ्यमा फाइदा पुग्ने बताएको छ ।

महिलाको हर्मोनल ब्यालेन्सदेखि शारीरिक व्यायामसम्मका क्षेत्रमा नियमित यौन सम्बन्धले राम्रो असर गरिरहेको हुन्छ । खास गरी महिलाको गर्धन दुखाइ, ढाड दुखाइ र कम्मर दुखाइ कम गर्न नियमित यौन सम्बन्धले सहयोग गर्छ ।

महिलाका महिनावारी भएको बेलामा हुने दुखाइ, माइग्रेन, मस्तिष्कको नशामा हुने संकुचन रोक्न, हिस्टेरिया नियन्त्रण र टाउको दुखाइ कम गर्न नियमित यौन सम्बन्धले सहयोग गर्ने चिकित्सकहरुले बताए ।

साथै, नियमित सम्भोग गर्ने महिलाको महिनाबारी पनि ढिला बन्द हुने पनि अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्