प्रताप, चिरन्जीवी र प्रविनको जनचेतना मुलक नयाँ गीत ‘जात’ सार्वजनिक



काठमाडौं : केहि दिन अघि अन्तरजाति प्रेम गरेका कारण जाजरकोटका २० वर्षीय दलितयुवा नवराज विक र उनका पाँच साथीको हत्या भएको छ । यो विषयलाई लिएर यतिबेला सामाजिक सञ्जालहरु तातिएको छ । यसै घटनासँग सम्बन्धित रहेर छोटा चलचित्र, गीत तथा म्युजिक भिडियोहरु निर्माण भइरहेका छन् ।

त्यस्तै प्रताप दास, चिरन्जीवी सापकोटा र प्रविन भट्टको स्वरमा जनचेतना मुलक नयाँ गीत ‘जात’ सार्बजनिक भएको छ । गीतमा ललित पौडेलको शब्द तथा ओम सुनारको संगित तथा एरेन्ज रहेको छ । गीतको भिडियोमा गिता ढुंगाना,अभि सुनार र रविन्द्र सुबेदीको अभिनय रहेको छ । चिरन्जीवी सापकोटाद्धारा निर्देशित यस गीतको भिडियोलाई प्रकाश खडकाले छायांकन गरेका छन् भने मनोज कार्कीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्