रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा



एजेन्सी : रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार रातिको खेलमा रियल सोसीडाडलाई उसैको घरेलु मैदानमा २-१ गोल अन्तरले हराउँदै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो ।

मड्रिडका लागि दोस्रो हाफको ५० औँ मिनेटमा पाएको पेनाल्टीलाई कप्तान सर्जियो रामोसले गोलमा परिणत गर्दै सुरुवाती अग्रता दिलाए ।

खेलोको ७० औँ मिनेटमा मड्रिडले दोस्रो तथा निर्णायक गोल गर्‍यो । उसका लागि करीम बेन्जेमाली पेनाल्टी क्षेत्रबाट गोल गरेका थिए । उनले गरेको गोल नै मड्रिडका लागि निर्णायक सावित भयो ।

८३ औं मिनेटमा घरेलु टोली सोसीडाडले सान्त्वना गोल गर्‍यो । मिकेल मेरिनोले गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन र अन्ततः मड्रिडले खेल २-१ ले जीतेको छ ।

यस जीतसँगै शीर्ष स्थानमा पुगेको मड्रिडको ३० खेलबाट ६५ अंक भएको छ । बार्सिलोनासँग समान अंक भए पनि मड्रिड हेड टु हेडमा अगाडी रहेको छ । सोसीडाड भने ३० खेलमा ४७ अंकसहित छैठौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्