प्रिमियर लिग : लिग लिडर लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो



एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुल बराबरीमा रोकिएको छ ।

आइतबार राति मर्सीसाइड डर्बीस्थित एभर्टनको घरेलु मैदानमा भएको खेलमा लिभरपुल गोलरहित बराबरीमा रोकिएको हो ।

बल पोजिसनमा एकतर्फी पकड जमाए पनि लिभरपुलले प्राप्त अवसरलाई उपयोग गर्न नसक्दा बराबरीमा रोकिएको हो ।

बराबरीसँगै उपाधि जीत्ने लगभग पक्कापक्की भएको लिभरपुललाई अझै ५ अंकको आवश्यकता रहेको छ । एभर्टनसँगको बराबरीपछि लिभरपुलले ३० खेलमा ८३ अंक जोडेको छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा लिभरपुल २३ अंकले अघि रहेको छ । ३८ अंक जोडेको एभर्टन भने १२ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्