सुरजको ‘हवाइजहाज’



काठमाडौं : गायक सुरज थापाको आवाजमा रहेको नयाँ गीत ‘हवाइजहाज……..’ सार्वजनिक भएको छ । यस गीतमा शब्द प्रमानन्द खरेलको र संगीत प्रकाश नेपालीको रहेको छ । यस गीतको संगीत संयोजन गोबिन्द मधुर आचार्यले गरेका छन् । यस गीतलाई अन्जुली इन्टरटेन्टमेन्टले प्रस्तुत गरेका छन् । यस गीतलाई नेपाल आइडलमा सहभागी भएर धेरै दर्शक श्रोताको मन जित्न सफल गायक सुरज थापाले गायका छन् ।

यस गीतको भिडियो सार्बजनिक भएको छ । यस गीतले नेपालीहरुको वास्तविक कथा व्यथालाई समेटेको छ । यस गीतले छोरो विदेश गए पछि घरमा रहेका आमा बुबालाई हुने दुःख पिडालाई भिडिया मार्फत देखाउन खाजिएको छ । यस गीतमा धैरे फिल्महरुमा अभिनय गरिसकेकी नायिका ऋचा शर्मा, राज खड्का र संगीत सन्तोषको अभिनय रहेको छ । 

यस गीतलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् । यसको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका छन् । निर्देशक सर्जुन राइले यस गीतको भिडियोलाई उत्कृष्ट बनाएका छन् ।  

 

प्रतिक्रिया दिनुहोस्