रियल सोसिडाडलाई २–१ ले हराउँदै रियाल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा



काठमाडौं : सोसिडाडको घरेलु मैदानमा भएको खेलमा रियल सोसिडाडलाई २–१ ले हराउँदै रियाल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । रियालले जित निकाल्दै अंक तलिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमा नै रियल म्याड्रिडले पेनाल्टीको अवसर प्राप्त गर्यो । डिएगो लोरेन्टेले पेनाल्टी क्षेत्रभित्र भिनिसियसलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

उक्त पेनाल्टीलाई कप्तान सर्जियो रामोसले गोलमा परिणत गर्दै अग्रता दिलाए । ६८ औँ मिनेटमा सोसिडाडका वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अदनान जानुजाजले गोल गरेका थिए ।

गोल फर्काएपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा मान्यता दिएनन् । त्यसको दुई मिनेटपछि नै रियलले अग्रता दोब्बर पार्यो । करीम बेन्जेमाले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार रेमिरोले बचाउन सकेनन् ।

८३ औँ मिनेटमा घरेलु टोलीका मिकेल मेरिनोले उत्कृष्ट गोल गर्दै खेललाई रोमान्चक मोडमा पुर्याएका थिए । तर, त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन र रियाल बिजयी भयो ।

जितसँगै रियल म्याड्रिडको साविक विजेता बार्सिलोनासँग समान ३० खेलमा ६५ अंक भएपनि हेड टु हेडमा रियल अगाडी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्