फ्राइडे रिलिजमा ‘क्याप्टेन’, ‘द ‘ब्रेकअप’ र ‘लुका छुप्पी’ 



काठमाडौं : यस हप्ता फ्राइडे रिलिजमा तीन वटा फिल्महरु रिलिज भएका छन् । जसमा ‘क्याप्टेन’, ‘द ‘ब्रेकअप’ र ‘लुका छुप्पी’ रहेका छन् । फिल्म ‘क्याप्टेन’ र ‘द ‘ब्रेकअप’ नेपाली फिल्म हो, भने ‘लुका छुप्पी’ हिन्दी फिल्म हो ।

फिल्म ‘क्याप्टेन’ दीवाकर भट्टराईको निर्देशनमा बनेको छ । यस फिल्ममा अनमोल केसी, उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन बिक्रम राई, राजाराम पौडेल, सरोज खनाल, सुर्यमाला खनाल, बद्धी तामाङ लगायत कलाकारको अभिनय रहेको छ । यस फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, नवराज उप्रेतीको छायाँकन, चन्द्र पन्तको द्वन्द र दीर्घ खड्काको सम्पादन रहेको छ ।

 

प्रदर्शनमा आएको अर्को फिल्म ‘द ब्रेकअप’लाई हेमराज बिसीले निर्देशन गरेका छन् । यो फिल्म नायक आशिरमान देशराज जोशी क्षेष्ठको दोस्रो फिल्म हो, भने नायिका शिल्पा मास्केको पहिलो फिल्म हो । यो फिल्म प्रेमकथामा आधारित फिल्म हो । यस फिल्ममा आशिरमान, शिल्पा, रेमनदास श्रेष्ठ, इच्छा कार्की लगायत कलाकारको अभिनय रहेको छ । यस फिल्मलाई नरेन्द्र मैनालीले छायाँकन गरेका छन् ।  

फिल्म ‘लुका छुप्पी’ लाई लक्ष्मण उतेकरले निर्देशन गरेका छन् । यस फिल्ममा कार्तिक आर्यान, कृति सनोन, विनय पाठक र पंकज त्रीपाठी लगायतको कलाकारको अभिनय रहेको छ । एकसाथ प्रदर्शनमा आएका यी तीन फिल्मको बक्स अफिसमा भिडन्त भइहेको छ । यि तीन फिल्ममा कुन फिल्म चल्छ र कुन हट्छ त्यो केहि दिन पछि थाहा हुन्छ । 

प्रतिक्रिया दिनुहोस्