टेनिस खेलाडी ग्रेगर दिमित्रोभ कोरोनाबाट सङ्क्रमित



एजेन्सी : विश्व टेनिसको १९ औं वरियतामा रहनुभएका ग्रेगर दिमित्रोभ कोरोनाबाट सङ्क्रमित हुनुभएको छ । उहाँ नोभाक जोकोभिचसँग आद्रे टुरमा सहभागी हुनुभएको थियो ।

बुल्गेरियाका २९ वर्षीय दिमित्रोभले पहिलोमा बोर्ना कोरिकसँग पराजित भएपछि क्रोएशियाको जदारमा भइरहेको दोस्रो प्रतियोगिताबाट फित्र्ता लिनुभएको छ । “मेरो कारणले भएको हुन सक्ने जोखिमप्रति म क्षमा प्रार्थी छु ।”–उहाँले एक वक्तब्यमा भन्नुभएको छ ।

विश्व वरियताको शिर्ष स्थानमा रहनुभएका नोभाक जोकोभिचको आइतबारका लागि निर्धारित अन्तिम खेल पनि रद्द गरिएको छ । गत् साता बेलग्रेडमा पहिलो ‘इभेन्ट’मा सहभागी हुनुभएका दिमित्रोभले आफ्नो इन्स्टाग्राममा लेख्नुभएको छ, “मोनाकोमा सङ्क्रमणको पुष्टि भएको छ, मसँग पछिल्लो समय बिताउनुभएका सबैलाई परीक्षण गराएर सतर्क रहन आग्रह गर्दछु, म घरमै आराम गरिरहेको छु ।”

प्रतिक्रिया दिनुहोस्